नियम १०
प्राविधिक समितिको बैठक
  (१) प्राविधिक समितिको बैठक  चार महिनामा एक पटकमा नघटाई आवश्यकता अनुसार बस्नेछ ।
(२) प्राविधिक समितिको बैठक सो समितिको अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ ।
(३) प्राविधिक समितिको बैठकमा छलफल हुने विषय सहितको सूचना प्राविधिक समितिको सदस्य–सचिवले बैठक बस्नु अगावै लिखित रुपमा  सबै सदस्य तथा बैठकमा आमन्त्रण गरिने विशेषज्ञ र दातृ संस्थाका प्रतिनिधिलाई दिनु पर्नेछ ।
(४) प्राविधिक समितिको बैठकमा पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा सो समितिको बैठकको लागि गणपूरक संख्या भएको मानिनेछ ।
(५) प्राविधिक समितिको बैठककोअध्यक्षता प्राविधिक समितिकोअध्यक्षले र निजको अनुपस्थितिमा प्राविधिक समितिका सदस्यहरुले आपूmहरु मध्यबाट छानेको सदस्यले गर्नेछ ।
(६) प्राविधिक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) प्राविधिक समितिले आवश्यकता अनुसार सम्बन्धित निकायको प्रतिनिधि, विशेषज्ञ र आयोजना कार्यान्वयन निकायको प्रतिनिधिलाई वैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(८) प्राविधिक समितिको बैठकको निर्णय सो समितिको सदस्य–सचिवले प्रमाणित गरी राख्नु पर्नेछ ।
(९) प्राविधिक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।११. प्राविधिक समितिको काम, कर्तव्य र अधिकारः  यस परिच्छेदमा अन्यत्र लेखिएको काम,
कर्तव्य र अधिकारको अतिरिक्त प्राविधिक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) कोषको रणनीति, कार्यनीति र आयोजना तथा आयोजना कार्यान्वयन गर्ने निकायको छनौट र सञ्चालन सम्बन्धी मापदण्ड तथा निर्देशिका बनाई स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ख) आयोजनाको निरीक्षण, अनुगमन, मूल्यांकन प्रगति र प्रभावको समीक्षा र विश्लेषण गर्ने कार्यमा समितिलाई सहयोग गर्ने ।
(ग) आयोजनाको भौतिक एवं वित्तीय स्थिति, प्रगति, आम्दानी तथा खर्चको विवरण तयार गरी समिति समक्ष पेश गर्ने,
(घ) अन्य स्रोतबाट सञ्चालन भइरहेको वा हुने शान्ति स्थापना सम्बन्धी कार्यक्रम तथा आयोजनालाई प्राविधिक सहयोग उपलब्ध गराउने,
(ङ) समितिको निर्देशन बमोजिम अन्य कार्य गर्ने ।